दफा ३७
डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्ने
: डिबेञ्चर ट्रष्टीले डिबेञ्चर ट्रष्टीको
रुपमा काम गर्न कम्पनीसँग सम्झौता गर्नुअघि देहायका विषयमा आवश्यक जाँचबुझ गर्न र
विवरण, सूचना वा जानकारी लिन वा माग गर्न सक्नेछ र त्यसरी माग भएमा सम्बन्धित
कम्पनीले सो उपलब्ध गराउनु पर्नेछ ः-
(क) कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा ऋण वा डिबेञ्चर उठाउन सक्ने व्यवस्था
छ वा छैन र त्यस्तो व्यवस्था भएमा त्यसरी डिबेञ्चर उठाउने निर्णय गर्न सक्ने
अधिकार सो कम्पनीको सञ्चालक समितिलाई छ वा छैन,
(ख) कम्पनीको प्रबन्धपत्र वा नियमावली बमोजिम डिबेञ्चर ट्रष्टीमार्फ त डिबेञ्चर
उठाउन सक्ने व्यवस्था छ वा छैन,
(ग) कम्पनीको मौजुदा जायजेथाले उठाउने डिबेञ्चरको मूल्य खाम्न सक्ने स्थिति छ
वा छैन,
(घ) कम्पनीका अन्य साहू तथा दायित्वहरु सम्बन्धी विषय,
(ङ) कम्पनीको वासलात तथा लेखापरीक्षकको प्रतिवेदन,
(च) डिबेञ्चर ट्रष्टीले उपयुक्त ठानेको अन्य आवश्यक विषय ।